पोखराको चरक मेमोरियल हस्पिटलमा एक कोरोना संक्रमितको मृत्यु

Share:

पोखरा । पोखरामा थप एक कोरोना संक्रमतिको मृत्यु भएको छ ।

कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं. १७ का ४७ बर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

निर्देशनालयका अनुसार पोखरा स्थित चरक मेमोरियल हस्पिटलमा उपचारका क्रममा शुक्रबार दिउँसो ४ः५० बजे मृत्यु भएको हो ।

ती पुरुषमा गत असोज २३ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो ।

यससँगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणका कारण मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: