पोखराका २३ सहित गण्डकी प्रदेशमा थप ३० जनामा कोरोना पुष्टि

Share:

पोखरा । गण्डकी प्रदेशमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शनिबार दिउँसो कास्कीका २३ जना, स्याङ्जा र बाग्लुङका २, २ जना तथा तनहुँ, लमजुङ र म्याग्दीका १,१ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

निर्देशनालयका अनुसार कास्कीका संक्रमित सबै पोखरा महानगरपालिकाका हुन् ।

संक्रमित हुनेमा पोखरा वडा नं. १० का ३०, २५, ३३, २८, ५६, ३३ र ४० वर्षका पुरुष, वडा नं.११ का ३५ र ४७ वर्षीय पुरुष, वडा नं. ५ का ३३ र ५२ वर्षीय पुरुष, वडा नं. ८ का ३६ वर्षीय पुरुष, वडा नं. १४ का ५४ वर्षीया महिला तथा २५ र ५६ वर्षीय पुरुष, वडा नं. १६ का ३३ वर्षीय पुरुष, वडा नं. १८ का २२ वर्षीया महिला, वडा नं. १३ का ४७ वर्षीय पुरुष, वडा नं.४ का ५९ वर्षीय पुरुष, वडा नं. १५ का ६८ वर्षीया महिला तथा २८ वर्षीय पुरुष रहेका छन् ।

यस्तै तनहुँ म्याग्दे वडा नं. २ का ४९ वर्षीय पुरुष, स्याङ्जा हरिनाश वडा नं.५ का ३३ वर्षीय पुरुष, पुतलीबजार वडा नं.१० का ३१ वर्षीय पुरुष, लमजुङ बसीसहर वडा नं.७ का ६७ वर्षीया महिला, म्याग्दी बेनी वडा नं.७ का ४४ वर्षीय पुरुष, बाग्लुङ जैमिनी वडा नं. ७ का ४९ वर्षीया महिला र वडा नं. ९ का ४२ पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ५७७ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: