पोखरामा अवैध लागुऔषधसहित २९ वर्षीय युवक पक्राउ

Share:

पोखरा । पोखरामा अवैध लागुऔषध सहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. २४ स्थायी घर भइ हाल पोखरा वडा नं. २६ विजयपुर बस्दै आएका २९ वर्षीय प्रभात सुवेदी रहेका छन्।

जिल्ला प्रहरी कार्यालय तथा मातहत ईलाका प्रहरी कार्यालय हंशपुर शिसुवाबाट खटिएको प्रहरीको टोलीले चेकजांच गर्ने क्रममा शनिबार दिउँसो अन्दाजी १ः३० बजे अबैध लागुऔषध बोकी हिडिरहेको अवस्थामा पक्राउ गरेको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।

पक्राउ परेका सुवेदीको साथबाट लागुऔषध डाईजेपाम ६० एम्पुल, फेनारागन ६० एम्पुल र नुर्फिन ६० एम्पुल गरी जम्मा १८० एम्पुल र एक थान ओप्पो मोबाईल बरामद गरेको प्रहरीले जनाएको छ ।

सुवेदीलाई लागुऔषध नियन्त्रण ऐन,२०३३ विपरितको कसूर अन्तर्गत अनुसन्धान शुरु गरिएको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: