पोखरा ०३ माघ / पांचौ पोखरा महोत्सवको चौथो दिन शनिवार ५० हजार दर्शकले महोत्सवको अवलोकन गरेका छन । त्यसैगरी शनिवार १ करोड वरावरको कारोवार भएको छ । युवाको जांगर राष्ट्र निर्माणको आधार भन्ने नाराका साथ शिक्षा, स्वास्थ्य,खेलकुद र पोखरामा नया पर्यटकीय गन्तब्य चिडियाखाना निर्माण गर्ने उद्देश्यका साथ अगाडी वढेको युनाइटेड क्लवले आयोजना गरेको पांचौ संस्करणको महोत्सव पोखराको अमरसिंह चौरमा जारी रहेको छ ।
महोत्सवमा शनिवार चौथो दिन ५० हजार दर्शक तथा १ करोड वरावरको कारोवार भएको महोत्सव प्रचार प्रसार समिति संयोजक लालकाजी गुरुङले जानकारी दिनुभयो । पोखरा आसपासमा आयोजना हुने ठूला महोत्सवमध्ये अमरसिंह चौरमा क्लवद्धारा आयोजना गरिने महोत्सव कान्छो महोत्सव भएकाले पनि दर्शकहरुको उल्लेख्य सहभागीता रहने गरेको समेत गुरुङले जानकारी दिनुभयो ।
त्यसैगरी माघ ८ गते सम्म आयोजना गरिने भनिएको महोत्सवको दर्शकको चापलाई मध्येनजर गरी दुई दिन थप गरी माघ १० गते सम्म महोत्सव सञ्चालन गरिने महोत्सव संयोजक तथा क्लवका अध्यक्ष हिमालय बख्रेलले वताउनुभयो । दर्शकहरुको चापलाई मध्येनजर गर्दै यस वर्षपनि बिगतका वर्षहरुमा जस्तै महोत्सवको अवधिमा दुई दिन थप गरिएको वताउदै अध्यक्ष बख्रेलले महोत्सव दर्शकहरुको उपस्थितीले गर्दानै सफल हुने वताउदै दर्शकहरु धन्यवादको पात्र भएको वताउनुभयो ।
विगतका वर्षहरुमा जस्तै शिक्षा,स्वास्थ्य,खेलकुद र पर्यटन प्रवद्र्धनका लागी पोखरामा नया पर्यटकीय गन्तब्य चिडियाखाना निर्माणका लागी प्रत्येक क्षेत्रमा २० प्रतिशत रकम छुट्याउदै आएको र यसवर्षदेखि महोत्सवको प्रत्येक टिकटबाट एक रुपैया सेती नदी संरक्षणका लागी छुट्याइने उहांको भनाइ रहेको थियो ।
महोत्सवमा शनिवार लोकदोहोरी तर्फ राष्ट्रिय कलाकार पशुपति शर्मा, प्रजापति पराजुली, चोलेन्द्र पौडेल, जिवन दाहाल, ज्योती लोहोनी लगायतको प्रस्तुतीबाट दर्शकहरुले भरपुर मनोरञ्जन प्राप्त गरेका थिए । महोत्सवमा विभिन्न उत्पादनका करिव २ सय ओटा स्ट्रल छन् । महोत्सवको आकर्षणमा विविध मनोरञ्जनात्मक कार्यक्रम, नृत्य प्रतियोगिता, दोहोरी, बाल उद्यान, जनावर प्रदर्शनी, पप कन्सर्ट, पर्यटकीय स्थलको जानकारी, झाँकी प्रदर्शनी, औद्योगिक उत्पादनको प्रदर्शनी र बिक्री रहेका छन् । महोत्सवको नेपाल शालिमार सिमेन्पटिले मुख्य प्रायोजक गरेको छ भने जिल्ला विकास समिति कास्की र सिजी हार्डवेयर एण्ड सप्लायर्स विशेष सहयोगी रहेका छन् ।
लोकदोहोरी तर्फ प्रजापति पराजुली,चोलेन्द्र पौडेल,जिवन दाहाल, शिवहरी ढुंगाना, कुलेन्द्र बिक, शंकर विरही गुरुङ, माया गुरुङ, सविना गुरुङ, तुलसा जिसी,टेक क्षेत्री लगायतको प्रस्तुती रहनेछभने पप ब्याण्ड तर्फ पोखराका लोकल ब्याण्ड तथा प्राश्ना शाक्यको प्रस्तुती रहने आयोजकले जनाएको छ ।
