प्रधानमन्त्री र मन्त्रीको दसैँ भत्ता कोरोना कोषमा

505
0
Share:

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रिपरिषद्का सबै मन्त्रीले आफ्नो दसैँ भत्ता कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने भएका छन् ।

मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक गर्न सोमबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले प्रधानमन्त्रीसहित सबै मन्त्रीहरुले दसैँ खर्च कोषमा जम्मा गर्ने निर्णय गरेको जानकारी दिएका हुन् ।

कोरोना महामारीका बेला सांसदहरु र मन्त्रीहरुले दसैँ भत्ता बुझेपछि तीव्र आलोचना भएको थियो । तर, नेकपाका केही सांसदहरुले व्यक्तिगतरुपमा भत्ता फिर्ता गरेका थिए ।

नेकपाले संस्थागत निर्णय नै गरेर दसैँ खर्च फिर्ताको निर्णय गरेको हो ।

यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पनि दसैँ भत्ता फिर्ता गर्दै कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।

कमेन्ट गर्नुहोस्
Share: