पोखराका ४६ सहित गण्डकीमा थप ७० जनामा कोरोना पुष्टि, प्रदेशमा संक्रमित ६ हजार नाघे

Share:

पोखरा । पोखराका ४६ जना सहित गण्डकी प्रदेशमा थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार दिउँसो कास्कीको पोखरा महानगरका ४६ जना, गोरखाका १२ जना, स्याङ्जाका ७ जना, तनहुका २ जना तथा बाग्लुङ, पर्वत र लमजुङका १/१ जनामा कोरोना संक्रमण भएको हो ।

स्वास्थ्य निर्देशनालयका गण्डकीका अनुसार संक्रमित हुनेमा कास्कीको पोखरा महानगरपालिकाका वडा नं. १७ का ३१, ५३, ४०, ३३, ४० र २६ वर्षीय पुरुष तथा २६ वर्षीया महिला, वडा नं. १ का ३२ वर्षीया महिला तथा ३५ र ४२ वर्षीय पुरुष, वडा नं. २६ का ४२ वर्षीय पुरुष, वडा नं. १५ का २६ र ४५ वर्षीय पुरुष, वडा नं. ८ का २२, ५१ र ५२ वर्षीय पुरुष, वडा नं. २२ का ४४ वर्षीय पुरुष, वडा नं. २ का ४२ वर्षीय पुरुष तथा २७ वर्षीया महिला, वडा नं. १३ का ३१ वर्षीय पुरुष, वडा नं. १६ का २४ वर्षीया महिला तथा २७ वर्षीय पुरुष, वडा नं. ४ का ३७ वर्षीय पुरुष तथा ३७ र ३८ वर्षीया महिला, वडा नं.१४ का २३ वर्षीया महिला, वडा नं.९ का १८ वर्षीय पुरुष, वडा नं.६ का ५७ वर्षीय पुरुष तथा ५० वर्षीया महिला, वडा नं.१२ का २९ वर्षीय पुरुष, वडा नं. १३ का ३१ वर्षीय पुरुष, वडा नं. ११ का ३५ वर्षीया महिला तथा ३६ र ४६ वर्षीय पुरुष, वडा नं.७ का ४६ वर्षीय पुरुष, वडा नं.५ का २९ वर्षीय पुरुष तथा २४, ३० र ४० वर्षीया महिला, वडा नं. १८ का ५६ वर्षीया महिला तथा ४०, २७, २८ र २३ वर्षीय पुरुष र वडा नखुलेका २३ वर्षीय पुरुष तथा २५ वर्षीया महिला रहेका छन् ।

यसैगरी बाग्लुङको बाग्लुङ नगरपालिका वडा नं. २ का ३८ वर्षीय पुरुष, तनहुँ व्यास वडा नं. १ का ४५ वर्षीय पुरुष, वडा नं.११ का ४३ वर्षीय पुरुष, गोरखाको गोरखा नगरपालिका वडा नं.१३ का ३४ वर्षीया महिला, वडा नं. ६ का ३८, ४३, २१ र २४ वर्षीया महिला तथा ४०, ४१, २९ र ३० वर्षीय पुरुष, वडा नं. १२ का २५ र ३८ वर्षीय पुरुष, वडा नं. ९ का ३६ वर्षीय पुरुष, पर्वत मादीका ७१ वर्षीय पुरुष, स्याङ्जा पुतलीबजार वडा नं. १ का ५० वर्षीय पुरुष, विरुवाका २० वर्षीय पुरुष, वालिङ वडा नं.१० का २४ वर्षीया महिला, वडा नं.६ का ३७ वर्षीय पुरुष तथा ३४ वर्षीया महिला, वडा नं.१४ का २९ वर्षीय पुरुष, वडा नं.८ का ३२ वर्षीया महिला र लमजुङ बेसीसहर वडा नं. ७ का ३४ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार ४६ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: