पोखराका २० र बाग्लुङका थप १ जनामा कोरोना पुष्टि

Share:

पोखरा । गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कास्कीको पोखरा महानगपालिकाका मात्रै २० जनामा कोरोना संक्रमण देखिएको छ ।

संक्रमित हुनेमा कास्कीको पोखरा महानगपालिका वडा नं. १७ का ३८ र २५ वर्षीय पुरुष, वडा नं.१२ का ६८ र ४९ वर्षीय पुरुष, वडा नं.१८ का २६ वर्षीया महिला, वडा नं.१६ का ५८ वर्षीया महिला, वडा नं.३० का ३५ वर्षीय पुरुष, वडा नं. १३ का ३६ वर्षीया महिला तथा ५२ र ३८ वर्षीय पुरुष, वडा नं. १४ का ४६ र ४२ वर्षीय पुरुष, वडा नं. ७ का ३४ वर्षीय वर्षीय पुरुष, वडा नं.१५ का ३८ र ३५ वर्षीय पुरुष, वडा नं. २६ का ५० वर्षीया महिला, वडा नं. १० का ३४ वर्षीय पुरुष, वडा नं. ८ का ४१ वर्षीय पुरुष र वडा नखुलेका २९ वर्षीय पुरुष तथा २८ वर्षीया महिला रहेका छन् ।

यस्तै गरी बाग्लुङको बाग्लुङ नगरपालिका वडा नं. ३ का ३७ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार ६७ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: