भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख १५ हजार नाघ्यो

Share:

काठमाडौँ । छिमेकी देश भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख १५ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा थप ७१४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएसँगै मृतक संख्या १ लाख १५ हजार ९५० पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा ५४ हजार ४२२ जना संक्रमित थपिएका छन् । यससँगै भारतमा संक्रमितको संख्या ७६ लाख ४९ हजार १५८ पुगेको छ ।

भारतमा हालसम्म ६७ लाख ९२ हजार ५५० जना संक्रमणमुक्त भएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: