कोरोनाबाट कांग्रेस नेता तेजबहादुर पुनको निधन

382
0
Share:

डोटी । कोरोना संक्रमणबाट नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तेजबहादुर पुनको निधन भएको छ ।

५० वर्षीय नेता पुनको बुधबार सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

नेपाल आदिवासी जनजाती संघ डोटीका अध्यक्ष समेत रहेका पुनलाई मंगलबार कोरोनाको संक्रमण पुष्टि भएको थियो।

कोरोना संक्रमणबाट मृत्यु हुने पुन डोटीका पहिलो व्यक्ति हुन् । डोटीमा कोरोना संक्रमितको संख्या एक हजार दुई सय ७२ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: