कोरोना भाइरसः गण्डकी प्रदेशमा बुधबार २ को मृत्यु पुष्टि, ८६ संक्रमित थपिए, ४० जना डिस्चार्ज

Share:

पोखरा । गण्डकी प्रदेशमा बुधबार (आज) कोरोनाबाट थप २ जनाको मृत्यु पुष्टि भएको छ भने ८६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीले ३ पटक विज्ञप्ति जारी सो बारे जानकारी दिएको हो ।

निर्देशनालयका अनुसार म्याग्दीका एक संक्रमित पुरुषको पोखरामा र नवलपुरका एक संक्रमित पुरुषको चितवनमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

निर्देशनालयका अनुसार कास्कीको पोखरा स्थित पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचाररत म्याग्दी जिल्लाको धौलागिरी ७ का ८५ बर्षीय पुरुषको मृत्यु भएको हो ।

ती पुरुषको मंगलबार रातिको ८ः२५ बजे प्रतिष्ठानको कोभिड आई.सि.यु.मा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ ।

यसैगरी चितवन स्थित चितवन मेडिकल कलेजमा उपचाररत नवलपरासी (ब.सु.पू) जिल्लाको गैंडाकोट ७ का ५० बर्षीय कोरोना संक्रमितको पुरुषको पनि मृत्यु भएको छ ।

अस्पतालको कोभिड आई.सि.यु.मा उपचारकै क्रममा मंगलबार बिहान ९ः५६ बजे मृत्यु भएको निर्देशनालयले जनाएको छ ।
यससँगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ५७ पुगेको छ ।

हालसम्म मृत्यु हुनेमा कास्कीका १७, नवलपुरका ११, तनहुँका ९, गोरखाका ७, स्याङ्जाका ५, लमजुङ र बागलुङका ३, म्याग्दीका २ जना छन् ।

त्यस्तै आज कास्कीका २२ सहित गण्डकी प्रदेशमा ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

निर्देशनालयका अनुसार कास्कीका संक्रमित सबै पोखरा महानगरपालिकाका हुन् ।

अन्य संक्रमितहरुमा गोरखाका २४ जना, पर्वतका १८ जना, नवलपुरका १५ जना, लमजुङका ३ जना, तनहुँका २ जना तथा बाग्लुङ र म्याग्दीका १,१ जना रहेका छन् ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार १७३ पुगेको छ ।

त्यसैगरी आज प्रदेशमा ४० जना कोरोना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । यससँगै प्रदेशमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ हजार ७१९ पुगेको छ । हाल प्रदेशमा २ हजार ३९६ सक्रिय संक्रमित रहोक छन् ।

प्रदेशमा आज ३४६ पिसीआर परिक्षण भएको र हालसम्म ८३ हजार ७५५ परिक्षण भएको निर्देशनालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: