पोखराको चरक हस्पिटलमा उपचाररत थप एक कोरोना संक्रमितको मृत्यु

Share:

पोखरा । पोखराको चरक मेमोरियल हस्पिटलमा उपचाररत थप एक जनाको कोरोनाबाट मृत्यु भएको छ ।

पर्वतको कुश्मा ६ का ५५ वर्षीय पुरुषको उपचारका क्रममा बिहीबार बिहान ६ः१५ बजे मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । ती पुरुषमा बुधबार मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनमा कोभिड १९ संक्रमण सँगै निमोनिया, उच्च रक्तचाप र स्वासप्रस्वासमा समस्या रहेको थियो ।

यस सँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७२ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: