पोखरामा उपचाररत बाग्लुङका एक कोरोना संक्रमितको मृत्यु

Share:

पोखरा । पोखराको अस्पतालमा उपचाररत बाग्लुङका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तरगत कोभिड १९ उचार केन्द्रमा बाग्लुङको गलकोट नगरपालिका ३ का ७२ वर्षीय पुरुषको उपचारका क्रममा बिहीबार मृत्यु भएको हो ।

यही कार्तिक ८ गते कोरोना संक्रमण पुष्टि भई उक्त अस्पतालको आइसियुमा भर्ना भएका उनको बिहीबार साँझ ०५ः०५ बजे मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

यससँगै प्रतिष्ठानमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउने संख्या २१ पुगेको छ ।

हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७३ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: