नेपालको पहिलो जित, नेदरल्यान्ड २ विकेटले पराजित

Share:

काठमाडौं, माघ ४ / आइसिसी विश्व लिग क्रिकेट डिभिजन टु को आफ्नो दोस्रो खेलमा नेपालले नेदरल्याण्डसलाई हराएको छ । नामिबियामा  आज  भएको खेलमा नेपालले  बलियो प्रतिद्धन्द्धि नेदरल्यान्डलाई  २ विकेटले हरायो ।

आफ्नो पहिलो खेलमा नेपाल हिजो युगान्डासँग भने २ रनले हारेको थियो ।
cricket

पहिले ब्याटिङ्ग गरेको नेदरल्याण्डस ४९ दशमलव ५ ओभरमा अल आउट हुँदै  १ सय ५८ रनमा समेटियो । १ सय ५९ को बिजयी लक्ष्य लिएर जवाफी ब्याटिङ्गमा उत्रिएको नेपालले  ४९ दशमलव  ३  अाेभरमा ८ विकेटको क्षतिमा जित भेट्टायाे । नेपालका लागि कप्तान पारस खड्का, सोमपाल कामी,बसन्त रेग्मी र शक्ति गौचनले समान २ विकेट लिए ।

नेपालको डिभिजन दुईमा यो दोस्रो सहभागिता हो।  केही महिनाअघि मलेसियामा सम्पन्न आइसिसी विश्व लिग क्रिकेट डिभिजन तीनको उपाधि चुम्दै नेपाल विजेता बनेको थियो  ।

प्रतियोगितामा नेपालसहित युगान्डा, नेदरल्यान्ड्स, आयोजक नामिबिया, केन्या र क्यानडाले प्रतिस्पर्धा गर्दैछन्। प्रतियोगितामा शीर्ष दुई स्थान हासिल गर्ने टोलीले आइसिसी विश्व लिग च्याम्पियनसिप र इन्टरकन्टिनेन्टल फोर डे प्रतियोगितामा सहभागिता जनाउने अवसर पाउनेछ।

कमेन्ट गर्नुहोस्
Share: