भारतमा कोरोना संक्रमितको संख्या ८१ लाख ८२ हजार नाघ्यो, १ लाख २२ हजारको मृत्यु

Share:

काठमाडौँ । छिमेकी देश भारतमा कोरोना संक्रमितको संख्या ८१ लाख ८२ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा ४६ हजार ७१५ संक्रमित थपिएसँगै भारतमा संक्रमितको संख्या ८१ लाख ८२ हजार ८८१ पुगेको हो ।

यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख २२ हजार १४९ पुगेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा थप ४६८ संक्रमितको मृत्यु भएको हो ।

हालसम्म भारतमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ७४ लाख ८९ हजार २०३ पुगेको छ । भारत कोरोना संक्रमणबाट विश्वमै दोस्रो प्रभावित मुलुक हो ।

कमेन्ट गर्नुहोस्
Share: