
पोखरा । कास्कीका १२५ जना सहित गण्डकी प्रदेशमा फेरी १७२ कोरोना संक्रमित थपिएका छन् ।
आइतबार बेलुका प्रदेशको कास्की जिल्लाका १२५ सहित तनहुँका १६ जना, पर्वतका ९ जना, लमजुङका ७ जना, म्याग्दी र बाग्लुङका ५/५ जना, स्याङ्जाका ३ जना र गोरखाका २ जना गरी ८ वटा जिल्लाका १७२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका अनुुसार कास्कीमा थपिएका १२५ संक्रमित मध्ये १२४ जना पोखरा महानगरपालिकाका हुन् भने मादी गाउँपालिका १ जना रहेका छन् ।
संक्रमित हुनेमा कास्कीको मादी गाउँपालिका वडा नं.५ का ३० वर्षीय एक पुरुष, पोखरा स्थित आँखा अस्पतालमा उपचारका लागि आएका ३४ र ९१ वर्षका २ पुरुष, फेवासिटी अस्पतालमा १५, २९, ६०, २३, ४२ र २६ वर्षका ६ महिला तथा ४२ र ५० वर्षका २ पुरुष, जिएमसीमा ४७, ४२ र २९ वर्षका ३ पुरुष तथा २१ र ४९ वर्षका २ महिला, मेट्रोसिटीमा ८ वर्षीय बालक, पश्चिमाञ्चल सामुदायिक अस्पतालमा ३७ वर्षीय पुरुष तथा २३ वर्षीया महिला, संक्रमण तथा सरुवारोग अस्पताल लेखनाथमा ६९ वर्षीय पुरुष तथा ६८, ९३, ५० र ४४ वर्षका ४ महिला रहेका छन् ।
यस्तै पोखरा महानगरपालिका वडा नं. १ का १४ वर्षीय पुरुष तथा २५ र ४२ वर्षीया महिला, वडा नं. २ का ६१ वर्षीय पुरुष, वडा नं. ४ का २३ र ३८ वर्षीया महिला तथा ४८, ३६, २४, ४१ र ५२ वर्षीय पुरुष, वडा नं.५ का , २९, ४४ र २७ वर्षीय पुरुष तथा ३०, ४६, २५–२५ र ३१ वर्षीया महिला, वडा नं. ६ का २३ वर्षीय पुरुष, वडा नं.७ का २७ र २८ वर्षीया महिला तथा ३ वर्षीय बालक सहित ७४, ३२, ३०, ३५, २६ र २८ वर्षीय पुरुष, वडा नं.८ का ३५ वर्षीया महिला तथा ४५ वर्षीय पुरुष, वडा नं.९ का ३१, २९ र ४३ वर्षीय पुरुष तथा २६ वर्षीया महिला, वडा नं.१० का ५९, ४२ र २९ वर्षीय पुरुष तथा ३५, २४, २८, ६०, ५२, २४, २६, २२ र ५८ वर्षीया महिला, वडा नं. १२ का ४३ वर्षीय पुरुष, वडा नं.१३ का ५० वर्षीय पुरुष तथा २७ वर्षीया महिला, वडा नं.१४ का ५६ वर्षीय पुरुष तथा ३० र ४० वर्षीया महिला, वडा नं.१५ का ३५ र ४८ वर्षीय पुरुष तथा ४० वर्षीया महिला, वडा नं.१६ का ११ महिनाका बालक सहित ३४ र ६० वर्षीया महिला, वडा नं.१७ का २२, ४८ र ४१ वर्षीय पुरुष तथा ४० वर्षीया महिला, वडा नं.१८ का २७ र २८ वर्षका पुरुष, वडा नं.२० का ७ वर्षीय बालक सहित ३४ वर्षीय पुरुष तथा १३ वर्षीया बालिका सहित ६० वर्षीया महिला, वडा नं.२६ का ४२ र ४५ वर्षीय पुरुष, वडा नं.२७ का ४५, ६१ र ३० वर्षीया महिला तथा ३८, ४०, ६३, ४० र ३५ वर्षका पुरुष, वडा नं. २८ का ४१ वर्षीय पुरुष, वडा नं. २९ का ३६, ५५ र १६ वर्षका पुरुष तथा ३५, ३२, ३४, ४३, ४० र १९ वर्षका महिला, वडा नं.३० का २६, ४० र ३५ वर्षका पुरुष तथा २९ वर्षीया महिला, वडा नं. ३२ का ३२ र ४५ वर्षीया महिला, वडा नं.३३ का ४५ र २२ वर्षीय पुरुष तथा ४३ र ५९ वर्षका महिला, वडा नखुलेका २३ दिनका बालक तथा ४७ वर्षीया महिला रहेका छन् ।
यसैगरी बाग्लुङको बाग्लुङ नगरपालिकाका ३० र ६१ वर्षीया महिला तथा ३३, ४५ र ४२ वर्षका पुरुष, तनहुँको घिरिङ १ का २९ वर्षीय पुरुष, शुक्लागण्डकी ४ का ५४ वर्षीय पुरुष, व्यास ३ का २५ र २८ वर्षीय पुरुष, भानु ४ का ४९, २२, ४३ र २२ वर्षका पुरुष, बन्दीपुर ३ का ५० वर्षीय पुरुष, आबुखैरेनी १ का २८ वर्षीय पुरुष तथा २८ वर्षीया महिला, ३ का २५ र ३७ वर्षीय पुरुष, ४ की २६ वर्षीया महिला र ६ का ३२ वर्षीय पुरुष, गोरखाको गोरखा १४ का ३० र ३४ वर्षका पुरुष, लमजुङको मध्यनेपाल १ का २७ वर्षीय पुरुष, मस्र्याङ्दी ६ का ४३ वर्षीय पुरुष तथा १३ वर्षीया बालिका सहित १८ र ४० वर्षीया महिला, बेशिसहर १ का ४३ वर्षीय पुरुष तथा ७ का २७ वर्षीय पुरुष, म्याग्दीको बेनी २ का ३४ वर्षीय पुरुष, ७ का ७८ र ५६ वर्षीय पुरुष तथा ४४ वर्षीया महिला, ८ की २२ वर्षीया महिला, पर्वतको कुश्माका ५३, ४४, २९, १८, ३३, ३८, २४ वर्षका पुरुष तथा २७ र २३ वर्षका महिला एवं स्याङ्जा बिरुवाका ३९ वर्षीय पुरुष तथा ५७ वर्षीया महिला र पालिका नखुलेका ३२ वर्षीय पुरुष रहेका छन् ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७ हजार ७४० पुगेको छ ।
