
पोखरा । देशका पहाडी क्षेत्रमा सोमबार आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
देशभर उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहे पनि पहाडी क्षेत्रमा स्थानीय वायुको प्रभावका कारण आंशिक बदली रहने जनाइएको छ ।
महाशाखाका अनुसार अहिले प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली भएको छ । अन्य क्षेत्रको मौसम भने सामान्यतया सफा रहेको छ ।
यस्तै सोमबार दिउँसो प्रदेश १ र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनेछ भने बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्र तथा प्रदेश २ मा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
प्रदेश १ र कर्णाली प्रदेशका थोरै स्थान तथा गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुइ स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यसैगरी राति प्रदेश १ को पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ ।
प्रदेश १ र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ।
