बजेटलगत्तै खर्च शुरु

Share:

पवन पौडेल , माघ ५ तनहुँ । विकास बजेट खर्च नहुने अवस्थाको अन्त्य गर्न विशेष ध्यान दिइने योजना आयोगले बताएको छ ।

नेपाल प्रेस युनियन तनहुँले दमौलीमा गरेको पत्रकार सम्मेलनमा आयोग उपाध्यक्ष डा. गोविन्दराज पोखरेलले आयोगले यसमा विशेष ध्यान दिने बताएका हुन् ।

विकास आयोजनाको बजेट खर्च नहुँदा देशको पूर्वाधार विकास र रोजगारीका अवसर श्रृजनामा समेत समस्या पैदा भएको बताउँदै उपाध्यक्ष डा. पोखरेलले आगामी आर्थिक वर्षबाट त्यस्तो समस्या नआउने उल्लेख गरे । अब बजेट भाषण सकिनासाथ रकम खर्च हुने प्रबन्ध हुनेछ ।

योजना आयोगले आगामी आर्थिक वर्षबाट समयमै बजेट निकासा हुने व्यवस्था मिलाएको र साना आयोजनाका हकमा जिल्ला परिषदबाट छनौटलाई नै प्राथमिकता दिएको उनले बताए । चालु आर्थिक वर्षका हकमा पनि बजेट खर्चका लागि सम्बन्धित निकायलाई योजना आयोगले ताकेता गरिरहेको उनले बताए ।

कमेन्ट गर्नुहोस्
Share: