
पोखरा । कास्कीका ५२ जना सहित गण्डकी प्रदेशमा थप ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनाय गण्डकीले मंगलबार हालसम्म ३ पटक विज्ञप्ति जारी गरी सो बारे जनाकारी दिएको हो ।
संक्रमित हुनेमा कास्कीका ५२ जना, तनहुँका २१ जना, बाग्लुङका १३ जना, स्याङ्जा, मुस्ताङ र नवलपुरका ३/३ जना तथा लमजुङका २ जना रहेका छन् ।
निर्देशनालयका अनुसार कास्कीमा थपिएका संक्रमित मध्य पोखरा महानगरपालिकाका मात्रै ५० जना हुन् भने २ जना मादि गाउँपालिकाका हुन् ।
संक्रमित हुनेमा कास्कीको मादी गाउँपालिकाका २६ वर्षीय पुरुष तथा १० वर्षीया बालिका, पोखरा स्थित चरक अस्पतालका ५५ वर्षीय पुरुष, आस्था अस्पतालका ५२ र ५५ वर्षका पुरुष तथा २० र २३ वर्षीया महिला, आर.टि.सिका २२ वर्षीया महिला, पोखरा महानगरपालिका वडा नं. १ का ६० वर्षीय पुरुष, वडा नं.३ का ३७ र ३९ वर्षका पुरुष तथा १४ वर्षीया बालिका, वडा नं. ४ का ४४, ३२, ४२, ३१ र २४ वर्षका पुरुष, वडा नं.५ का ५४ वर्षीय पुरुष तथा ४१ वर्षीया महिला, वडा नं.६ का ३२ वर्षीय पुरुष तथा ३३ र २९ वर्षीया महिला, वडा नं.७ की ४३ वर्षीया महिला, वडा नं. ८ का २० र ७९ वर्षका पुरुष, वडा नं.९ का ३० र ७७ वर्षका पुरुष तथा ३४ वर्षीया महिला, वडा नं.१० का ३३ र ६४ वर्षीय पुरुष, वडा नं.११ का ४० वर्षीय पुरुष, वडा नं.१२ का ३२ र ४७ वर्षका पुरुष तथा ५२ वर्षीया महिला, वडा नं.१३ का ३९ वर्षीय पुरुष, वडा नं.१४ का ४२ वर्षीय पुरुष, वडा नं.१६ का ३४ र ५३ वर्षका महिला, वडा नं.१७ का २७, २८ र ३४ वर्षका महिला, वडा नं.२५ का १९ र ३१ वर्षका पुरुष, वडा नं.२६ का ४५ वर्षीय पुरुष तथा ३७ वर्षीया महिला, वडा नं.२७ का २४ र ४५ वर्षका पुरुष, वडा नं.२९ का ५९ वर्षीय पुरुष तथा २९ वर्षीया महिला, वडा नखुलेका ३० र ४१ वर्षका पुरुष तथा ३३ वर्षीया महिला रहेका छन् ।
यस्तै तनहुँ बन्दीपुरका २२, ३०, २७ र ८९ वर्षका पुरुष, भिमाद ४ की २८ वर्षीया महिला, व्यास ५ की ८२ वर्षीया महिला, रिसिङ १ का ३२, ३५, ४१, ३०, ३२, ३१, २३, २६ र २२ वर्षका पुरुष, भानु २ का ४०, २७ र २५ वर्षका पुरुष, ७ का ५२ वर्षीया महिला तथा ४६ र २३ वर्षका पुरुष रहेका छन् ।
बाग्लुङ बडिगाड ३ का ३६ वर्षीय पुरुष, बाग्लुङ नगरपालिका २ का ४६ र ३७ वर्षका पुरुष, वडा नखुलेका २४–२४ र ६१ वर्षका पुरुष तथा ५७, १७, ४५ र ५६ वर्षका महिला, गल्कोट ४ की ७० वर्षीया महिला, ७ का १७ वर्षीय पुरुष तथा २७ वर्षीया महिला रहेका छन् ।
यसैगरी स्याङ्जा भिरकोट ७ का ३५ वर्षीय पुरुष, वालिङ १ का ४७ वर्षीय पुरुष, ९ का ७१ वर्षीय पुरुष, मुस्ताङको चराङ २ का ७६ वर्षीय पुरुष, घरपजोङ ३ की ५२ वर्षीया महिला, थासाङ ५ का ३० वर्षीय पुरुष, नवलपुर कावासोतीका ४१ र ४५ वर्षका पुरुष तथा १६ वर्षीया महिला एवं लमजुङको मध्यनेपाल वडा नं. ६ की ३० वर्षीया महिला र वडा नं. ७ का ६० वर्षीय पुरुष रहेका छन् ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७ हजार ९६० पुगेको छ ।
