
काठमाडौँ । छिमेकी देश भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख २३ हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा थप ५११ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख २३ हजार ६५० पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ४६ हजार ३३ जना संक्रमित थपिएका छन् । यससँगै भारतमा संक्रमितको संख्या ८३ लाख १२ हजार ९४७ पुगेको छ ।
हालसम्म ७६ लाख ५४ हजार ७५७ जना भने संक्रमणमुक्त भएका छन् ।
कमेन्ट गर्नुहोस्
