कर्मचारीमा कोरोना देखिएपछि गाउँपालिकाको सेवा बन्द

Share:

तनहुँ । तनहुँको केआइसिंह गाउँपालिकाको सम्पूर्ण सेवा एक हप्ताका लागि बन्द गरिएको छ।

मङ्गलबार गाउँपालिकाका कम्प्युटर अपरेटर र वडा सचिवमा कोरोना सङ्क्रमण पुष्टि भएपछि आजबाट लागू हुने गरी एक हप्ताका लागि सेवा बन्द गरिएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाले एक सूचना सार्वजनिक गर्दै आज सबै कर्मचारीको कोरोना परीक्षणका लागि स्वाब सङ्कलन हुने र त्यसको रिपोर्ट नआएसम्म सेवा बन्द हुने जनाएको हो ।

पालिकाबाट दिइँदै आएको सेवा बन्द गर्ने निर्णय गरेपछि सेवाग्राहीलाई भने समस्या हुने देखिएको छ।

कमेन्ट गर्नुहोस्
Share: