विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या १२ लाख ३० हजार नाघ्यो

Share:

काठमाडौँ । विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १२ लाख ३० हजार नाघेको छ ।

पछिल्लो तथ्याङ्क अनुसार विश्वमा कोरोनाले मृत्यु हुनेको संख्या १२ लाख ३० हजार १०१ पुगेको छ ।

यस्तै विश्वभर ४ करोड ८४ लाख बढी कोरोना संक्रमित रहेका छन् । संक्रमितमध्ये ३ करोड ४६ लाख ६५ हजारभन्दा बढी निको भएका छन् ।

यस्तै सबैभन्दा धेरै प्रभावित अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या २ लाख ३९ हजार ७८० पुगेको छ । त्यहाँ संक्रमित संख्या ९७ लाख ९४ हजार ७४१ पुगेको छ भने ६२ लाख ८२ हजार ४९९ जना निको भएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: