कास्कीका ४६ सहित गण्डकी प्रदेशमा थप ५२ जनामा कोरोना पुष्टि

Share:

पोखरा । गण्डकी प्रदेशमा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रबार दिउँसो प्रदेशका कास्कीसहित स्याङ्जा, पर्वत र तनहुँ गरी ४ जिल्लाका ५२ जनामा कोरोना देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

निर्देशनालका अनुसार कास्कीका ४६ जना सहित स्याङ्जाका २ जना, पर्वतका १ जना र तनहुँका ३ जनामा कोरोना पुष्टि भएको हो ।

कास्कीका थपिएका संक्रमित सबै पोखरा महानगरका हुन् ।

संक्रमित हुनेमा कास्कीको पोखरा महानगरपालिका वडा नं. १ का २८ वर्षीय पुरुष तथा ३० वर्षीया महिला, वडा नं.२ का ३७ वर्षीय पुरुष, वडा नं.३ की ३५ वर्षीया महिला, वडा नं.४ का ३७ र ५० वर्षीय पुरुष, वडा नं.५ का ५७ वर्षीय पुरुष, वडा नं.७ की ६० वर्षीया महिला, वडा नं.८ का ४४, ७३ र ५४ वर्षीय पुरुष तथा ४१, ७२–७२ र ३६ वर्षीया महिला, वडा नं.९ का १३ वर्षीय बालक सहित ७८ वर्षीय पुरुष तथा ६३ वर्षीया महिला, वडा नं.१० का ३३ र ५४ वर्षीया महिला, वडा नं.११ की ६० वर्षीया महिला, वडा नं.१२ का ३२ र २९ वर्षीय पुरुष, वडा नं.१४ का ३६ वर्षीय पुरुष तथा २६ वर्षीया महिला, वडा नं. १५ का ६० र ६४ वर्षीया पुरुष तथा ५३ वर्षीया महिला, वडा नं.१६ का ४३ र ७६ वर्षीय पुरुष तथमा ५१ वर्षीया महिला, वडा नं.१७ का ५०–५०, १७, ३६ र १९ वर्षीय पुरुष तथा ४४, १७, ५२ र २९ वर्षीया महिला, वडा नं.१८ का ४० वर्षीय पुरुष, वडा नं.१९ का ४१ वर्षीय पुरुष, वडा नं.२२ का ३३ वर्षीय पुरुष, वडा नं.३० का ३० वर्षीय पुरुष तथा ५७ र ४२ वर्षीया महिला रहेका छन् ।

यस्तै स्याङ्जा वालिङका ४४ र ७० वर्षीय पुरुष, पर्वत मोदी २ की २० वर्षीया महिला एवं तनहुँ भिमाद १० का ४० वर्षीय पुरुष, वडा नखुलेका २३ वर्षीय पुरुष तथा ४२ वर्षीया महिला रहेका छन् ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८ हजार ६३६ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: