
काठमाडौँ । छिमेकी देश भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख २५ हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा थप ५७६ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख २५ हजार ६०५ पुगेको छ ।
यस्तै भारतमा कोरोना संक्रमितको संख्या ८४ लाख ६० हजार ७७३ पुगेको छ । पछिल्लो २४ घण्टामा ४९ हजार ७३९ जनामा संक्रमण पुष्टि भएको हो ।
हालसम्म त्यहाँ ७८ लाख १८ हजार ४३४ जना भने संक्रमणमुक्त भएका छन् ।
कमेन्ट गर्नुहोस्
