
पोखरा । पोखराका १७५ जना सहित गण्डकी प्रदेशमा २४५ जना कोरोना संक्रमित थपिएका छन् ।
शनिबार दिउँसो कास्की कास्की सहित प्रदेशका ७ वटा जिल्लाका २४५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
संक्रमित हुनेमा कास्कीका पोखरा महानरपालिकाका मात्रै १७५ जना रहेका छन् ।
यस्तै गोरखाका ३० जना, तनहुँका १५ जना, लमजुङका १० जना, बाग्लुङका ९ जना, स्याङ्जाका ४ जना र पर्वतका २ जना रहेका छन् ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८ हजार ९८४ पुगेको छ ।
कमेन्ट गर्नुहोस्




