पोखराको फेवासिटी हस्पिटलमा स्याङजाकी महिलाको कोरोनाले मृत्यु

Share:

पोखरा । पोखराको फेवासिटी हस्पिटलमा उपचाररत स्याङजाकी एक महिलाको कोरोनाले मृत्यु भएको छ ।

स्याङजा पुतलीबजार वडा नं. ८ की ७३ वर्षीया संक्रमित महिलाको उपचारका क्रममा शनिबार मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

ती महिलामा कार्तिक १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०३ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: