
पोखरा । गण्डकी प्रदेशमा थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
शनिबार बेलुका कास्की सहित प्रदेशका ६ वटा जिल्लाका ३३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
संक्रमित हुनेमा कास्कीका ११ जना, तनहुँका १३ जना, नवलपुरका ६ जना तथा गोरखा, स्याङ्जा र बाग्लुङका १/१ जना रहेका छन् ।
कास्कीमा थपिएका संक्रमित सबै पोखरा महानरपालिकाका हुन् ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ९ हजार १७ पुगेको छ ।
कमेन्ट गर्नुहोस्


