कोरोनाः शनिबार पोखराका १८६ सहित गण्डकीमा २७८ संक्रमित थपिए, ३ को मृत्यु पुष्टि, १७ जना डिस्चार्ज

Share:

पोखरा । शनिबार गण्डकी प्रदेशमा थप जनामा २७८ कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले आज पाँच पटक विज्ञप्ति जारी गरी सो बारे जानकारी दिएको हो ।

आज प्रदेशका कास्की सहित तनहुँ, गोरखा, लमजुङ, नवलपुर, स्याङ्गजा, पर्वत र बाग्लुङ गरी ९ जिल्लाका २७८ जनामा कोरोना पुष्टि भएको हो ।

आज सबैभन्दा धेरै कास्कीको पोखरामा १८६ जनामा कोरोना संक्रमण देखिएको छ ।

गोरखामा ३१ जना, तनहुँमा २८ जना, बाग्लुङ र लमजुङमा १०/१० जना, नवलपुरमा ६ जना, स्याङ्गजामा ५ जना र पर्वतमा २ जनाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको हो ।

यससँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ९०१७ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा प्रदेशमा ३ जना संक्रमितले ज्यान गुमाएका छन् । यो सँगै, गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०३ पुगेको छ ।

यस्तै २४ घण्टामा गण्डकीमा १७ जना संक्रमण मुक्त भएका छन् । यो सँगै, गण्डकीमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ४ हजार ८ सय ५२ पुगेको छ ।

हाल प्रदेशमा ४ हजार ६२ सक्रिय संक्रमित छन् ।

२४ घण्टामा प्रदेशभर ९३८ परिक्षण भएको छ भने हालसम्म ९४ हजार ८८६ परिक्षण भएको निर्देशनालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: