
पोखरा । गण्डकी प्रदेशमा मंगलबार थप १६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
कास्की सहित प्रदेशका सात जिल्लाका थप १६६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
संक्रमण पुष्टि हुनेमा कास्कीका ९८ जना, गोरखाका २१ जना, पर्वतका १३ जना, तनहुँका १२ जना, स्याङ्जाका ११ जना, बाग्लुङका ७ र म्याग्दीका ४ जना रहेका छन् ।
यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ९ हजार ५ सय २१ पुगेको छ ।
यस्तै गण्डकीमा आज १ कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ । यससँगै प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११२ पुगेको छ ।
हालसम्म गण्डकीमा संक्रमणमुक्त हुनेको संख्या ४ हजार ९६५ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै १९ जना संक्रमणमुक्त भएका हुन्।
हाल प्रदेशमा ४ हजार ४४४ संक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा ६३३ परिक्षण भएको छ भने हालसम्म प्रदेशमा ९७ हजार १६७ परिक्षण भएको निर्देशनालयले जनाएको छ ।
