विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या १२ लाख ७९ हजार नाघ्यो, ५ करोड १८ लाख संक्रमित

Share:

काठमाडौँ । विश्वभर कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १२ लाख ७९ हजार नाघेको छ ।

वर्ल्डोमिटर्सको पछिल्लो तथ्याङ्क अनुसार मृतक संख्या १२ लाख ७९ हजार १८४ पुगेको छ ।

यस्तै विश्वभर कोरोना संक्रमित संख्या ५ करोड १८ लाख ५ हजार ३३९ पुगेको छ ।

यसमध्ये ३ करोड ६३ लाख ९१ हजार ६५ जना संक्रमण मुक्त भएका छन् ।

हाल विश्वभर सक्रिय संक्रमितको संख्या १ करोड ४१ लाख ३२ हजार ४४५ पुगेको छ ।

सबैभन्दा धेरै प्रभावित अमेरिकामा संक्रमित संख्या १ करोड ५ लाख ५९ हजार १८४ पुगेको छ भने २ लाख ४५ हजार ७९९ जनाको मृत्यु भएको छ ।

त्यस्तै त्यहाँ ६६ लाख १ हजार ३३१ जना संक्रमण मुक्त भएका छन् ।

दोस्रो प्रभावित मुलक भारतमा संक्रमित संख्या ८६ लाख ३५ हजार ७५४ पुगेको छ भने १ लाख २७ हजार ६१५ संक्रमितको मृत्यु भएको छ ।

त्यस्तै त्यहाँ ८० लाख ११ हजार ८४४ जना संक्रमण मुक्त भएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: