
पोखरा । गण्डकी प्रदेशमा थप १८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार प्रदेशका ७ वटा जिल्लाका गरी १८२ जनामा कोरोना संक्रमण देखिएको हो ।
संक्रमित हुनेमा कास्कीका १४५ जना, बाग्लुङका २० जना, तनहुँका ७ जना, स्याङ्जा, नवलपुर र पर्वतका ३/३ जना तथा लमजुङका १ जना रहेका छन् ।
कास्कीमा थपिएका संक्रमित सबै पोखरा महानगरका हुन् ।
संक्रमित हुनेमा कास्कीको पोखरा महानगरपालिका वडा नं.१ का ३५ र ७५ वर्षीय पुरुष, वडा नं.२ का ६१, २३ र ३१ वर्षीय पुरुष, वडा नं.३ का १३ वर्षीय बालक तथा ३५ र ५० वर्षीया महिला, वडा नं.४ का २३, ४३, ६० र ३६ वर्षीय पुरुष, वडा नं.५ का ५८, ८२, ७२, ३५, २३, ४१, २७, ४५, ३३, २६, २१, २१, ५७ र ६३ वर्षीय पुरुष तथा ५८ वर्षीया महिला, वडा नं. ६ का २६, २२, ३८, १९ र १६ वर्षीय पुरुष तथा १४ वर्षीया बालिका, वडा नं.७ का ४२, २७, ४२, ४७, ३१, २१, ३५ र ३४ वर्षीय पुरुष तथा ६७ र ६० वर्षीया महिला, वडा नं.८ का ४६, ३४, ६०, २१, २१ र २२ वर्षीय पुरुष तथा ५१, ६१, ३१, ३८, ३३, ३१, ४९ र ४८ वर्षीया महिला, वडा नं.९ का ४८, ८२, ३३ र ५६ वर्षीया महिला तथा ३३ र ३१ वर्षीया महिला, वडा नं.१० का २५, २६, १६, ४३, ३३ र ४३ वर्षीय पुरुष तथा १३ वर्षीया बालिका सहित २८, २७, ३२, ४५, ५५, ५८, २२ र ४२ वर्षीया महिला, वडा नं.११ का ३७ र ३३ वर्षीय पुरुष तथा २०, ५५, १६, ७८, ५० र ४५ वर्षीया महिला, वडा नं.१२ का ५७, ३२, ४२, ४५ र २५ वर्षीय पुरुष तथा ४१, ६१ र २५ वर्षीया महिला, वडा नं.१३ का १३ वर्षीय बालक सहित ९१ वर्षीय पुरुष, वडा नं.१४ का १४ वर्षीय बालक सहित ६९ र ४५ वर्षीय पुरुष तथा ५५ वर्षीया महिला, वडा नं.१५ का ५०, ४९, ५८, ५२, ३८ र ८० वर्षीय पुरुष तथा ७५ वर्षीया महिला, वडा नं. १६ का ६८, ४७, ७०, ७६ र ५० वर्षीय पुरुष तथा ६५ र ४२ वर्षीया महिला, वडा नं. १७ का २७, ५२ र २७ वर्षीय पुरुष तथा २३, ७५, २१, २६, ५०, ३७ र ६१ वर्षीया महिला, वडा नं. १८ का ४८ वर्षीय पुरुष, वडा नं.१९ का १९ र २० वर्षीय पुरुष, वडा नं.२३ का ३७ वर्षीया महिला, वडा नं.२५ का २४ वर्षीय पुरुष तथा २४ वर्षीया महिला, वडा नं.२६ का २६ वर्षीय पुरुष तथा १९ र ५० वर्षीया महिला, वडा नं.२७ का २९ र २५ वर्षीय पुरुष तथा ३२ वर्षीया महिला, वडा नं.३२ का ३२, २६ र ३४ वर्षीय पुरुष, वडा नं.३३ का ४२ वर्षीय पुरुष, वडा नं.३६ का ४७ वर्षीया महिला, वडा नखुलेका ७० वर्षीय पुरुष तथा ४५ वर्षीया महिला रहेका छन् ।
यस्तै स्याङ्जा आधिखोला वडा नं.४ का ३७ वर्षीय पुरुष, पुतलीबजार वडा नं.१ की ३६ वर्षीया महिला, वडा नं.१३ की ४८ वर्षीया महिला, लमजुङ बेशिसहर वडा नं. ७ की ३७ वर्षीया महिला, तनहुँ व्यास वडा नं. ५ का २९ वर्षीय पुरुष, वडा नं.१ का ६१ वर्षीय पुरुष तथा ३६ वर्षीया महिला, वडा नं. ३ का ४५ वर्षीय पुरुष, वडा नं.६ का २६ वर्षीय पुरुष, वडा नं.११ का ५९ वषीय पुरुष, वडा नं.१२ की ६२ वर्षीया महिला, पर्वतको मोदी वडा नं.७ की ३८ वर्षीया महिला, कुश्मा वडा नं.६ का ५८ र ५० वर्षीय पुरुष, बाग्लुङको बाग्लुङ नगरपालिका वडा नं.८ का ६० वर्षीय पुरुष, वडा नखुलेका ८ वर्षीय बालक सहित ७३, २९, २८, ३०, ४४, ३६, २९ र २५ वर्षीय पुरुष तथा ५२, ३५, ३८, १६, २२ र ४९ वर्षीया महिला, काठेखोलाका ४०, ३३ र ४४ वर्षीय पुरुष तथा २७ वर्षीया महिला एवं नवलपुरका कावासोतीका ३६ र ४५ वर्षीय पुरुष, गैंडाकोट १२ का १५ वर्षीय पुरुष रहेका छन् ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ९ हजार ७०३ पुगेको छ ।
