म्याग्दी नदीमा डुबेर युवकको मृत्यु

Share:

म्याग्दी । म्याग्दी नदीमा डुबेर एक युवकको ज्यान गएको छ ।

म्याग्दीको मङ्गला गाउँपालिका–५ छिसवाङ स्थित उक्त नदीमा डुबेर बेपत्ता भएका टिकावाङका १६ वर्षीय शङ्कर विकको शव बुधबार (आज) बिहान फेला परेको हो ।

पोखरास्थित कालिका गणबाट पुगेको गोटाखोर टोलीले १२(१५ फिट गहिरो तलाउबाट विकको शव निकालेको प्रहरीले जनाएको छ ।

उक्त नदीमा सोमबार पौडी खेल्ने क्रममा विक बेपत्ता भएका थिए ।

जनपथ प्रहरी र स्थानीयवासीले खोजी गर्दा नभेटिएपछि गाउँपालिका र जिल्ला प्रशासन कार्यालयमार्फत गोटाखोर टोली मगाइएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: