कस्तो रहला आज देशभरको मौसम?

Share:

पोखरा । शुक्रबार देशका केही भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

स्थानिय वायुका कारण केही भू–भागमा आंशिक बदली रहे पनि हाल उल्लेखनीय मौसमी प्रणाली नरहेका कारण बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् ।

अहिले प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ ।

शुक्रबार दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागहरुमा आंशिक बदली रही अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ ।

यस्तै राति प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागहरुमा आंशिक बदली रही अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: