कोरोनाः गण्डकीमा बिहीबार २०० जनामा पुष्टि, १ को मृत्यु, ९ संक्रमणमुक्त

Share:

पोखरा । गण्डकी प्रदेशमा बिहीबार २०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकीका १० वटा जिल्लाका २०० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

संक्रमण पुष्टि हुनेमा कास्कीका ६८ जना, नवलपुरका ४८ जना, तनहुँका ४७ जना, स्याङ्जाका १३ जना, लमजुङका ८ जना, बाग्लुङ र पर्वतका ५/५ जना, मुस्ताङ ३ जना, गोरखाका २ जना तथा म्याग्दीका १ जना रहेका छन् ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ९ हजार ९०३ पुगेको छ ।

यस्तै आज थप एक कोरोना संक्रमतिको मृत्यु पुष्टि भएको छ ।

निर्देशनालयका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रि आइसोलेसनमा उपचाररत पोखरा १५ की ७५ वर्षीया महिलाको बुधबार मृत्यु भएको हो ।

कात्तिक २४ गते अस्पतालमा भर्ना भएकी महिलाको कोरोना संक्रमणको आशंकामा प्रि आइसोलेसनमा राखी उपचार गरिएकोमा उपचारकै क्रममा बुधबार साँझ ५:१० बजे मृत्यु भएको हो ।

ती महिला निमोनिया, मधुमेह र मृगौला रोगबाट पीडित महिलामा बुधबार नै कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशभरबाट ९ जना मात्रै कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै संक्रमण मुक्त हुनेको संख्या ४ हजार ९७९ पुगेको छ ।

हाल प्रदेशभर ४ हजार ८१० सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा ६४७ परिक्षण भएको छ । हालसम्म ९८ हजार ७६२ परिक्षण भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: