
काठमाडौँ । नेपालमा थप १९१३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ७५९ महिला र ११५४ पुरुषमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयले जनाएको छ ।
यससँगै कुल संक्रमितको संख्या २ लाख ४ हजार २४२ पुगेको छ ।
२४ घण्टामा सबैभन्दा धेरै काठमाडौँका ७६४ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै, ललितपुरका १२६ जना, भक्तपुरका ८३ जना, कास्कीका ७१ जना, मोरङका ५७ जना, रुपन्देहीका ५६ जना, तनहुँका ५२ जना, दाङका ५१ जना, काभ्रे र कैलालीका ५०/५० जना, झापाका ४९ जना, बाँकेका ४४ जना, सुनसरी र चितवनका ३९/३९ जना, मकवानपुरका ३६ जना, बर्दियाका २१ जना, स्याङ्जाका २० जना, गुल्मीका १९ जना, नुवाकोटका १८ जना, पाल्पाका १७ जना, सिराहाका १६ जना, धनुषा, दोलखा र कञ्चनपुरका १४/१४ जना, नवलपरासीका १३ जना, पर्सा, गोरखा र लमजुङका १२/१२ जना, धादिङका ११ जना तथा बाग्लुङका १० जनामा संक्रमण देखिएको छ ।
सिन्धुपाल्चोक र बझाङका ९/९ जना, सर्लाही, नवलपुर र डडेलधुराका ८/८ जना, सप्तरी र प्युठानका ६/६ जना, महोत्तरी, रौतहट, सिन्धुली, पर्वत र रुकुम पश्चिमका ५/५ जना, उदयपुर, बारा, कपिलवस्तु, दैलेख र सल्यानका ४/४ जना, ओखलढुंगा, धनकुटा, रामेछाप, मुस्ताङ र सुर्खेतका ३/३ जना, ताप्लेजुङ, अर्घाखाँची, रोल्पा, अछाम, बाजुरा र बैतडीका २/२ जना तथा तेह्रथुम, भोजपुर, सोलुखुम्बु, रसुवा, जुम्ला, हुम्ला र डोटीका १/१ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा १५ जना संक्रमितको मृत्यु पुष्टि भएको छ । यससँगै मृतक संख्या ११८९ पुगेको छ ।
हालसम्म १ लाख ६४ हजार ५९२ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २३४९ जना संक्रमणमुक्त भएका हुन् ।
हाल देशभर ३८ हजार ४६१ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये २९ हजार ३८४ होम आइसोलेसनमा छन् भने ३७३ जनाको आईसीयू र ८७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
पछिल्लो २४ घण्टामा १००२२ परिक्षण भएको छ । हालसम्म १५ लाख ८४ हजार ३१७ परिक्षण भएको मन्त्रालयले जनाएको छ ।
