
काठमाडौँ । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ५ करोड ३० लाख नाघेको छ ।
वर्ल्डोमिटर्सको पछिल्लो तथ्याङ्क अनुसार २४ घण्टामा विश्वमा ६ लाख ४३ हजार ४३ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या ५ करोड ३० लाख ८५ हजार ७६२ पुगेको छ ।
अहिलेसम्म कोरोना भाइरसका कारण विश्वमा १२ लाख ९९ हजार २६७ संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै विश्वमा ९ हजार ६६९ संक्रमितको मृत्यु भएको हो ।
यस्तै विश्वभर ३ करोड ७२ लाख १० हजार १६० जना संक्रमण मुक्त भएका छन् ।
यसैबीच सबैभन्दा धेरै प्रभावित अमेरिकामा अहिलेसम्म संक्रमित संख्या १ करोड ८ लाख ७३ हजार ९३६ पुगेको छ । त्यहाँ २ लाख ४८ हजार ५८५ संक्रमितको मृत्यु भएको छ भने ६७ लाख २८ हजार १२० जना संक्रमण मुक्त भएका छन् ।
त्यस्तै दोस्रो प्रभावित मुलुक भारतमा कोरोना संक्रमितको संख्या ८७ लाख २७ हजार ९०० पुगेको छ । त्यहाँ १ लाख २८ हजार ६८६ संक्रमितको मृत्यु भएको छ भने ८१ लाख १३ हजार ३४५ जना संक्रमण मुक्त भएका छन् ।
