पोखरामा थप एक कोरोना संक्रमित महिलाको मृत्यु

Share:

पोखरा । पोखरामा थप एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराको कोभिड–१९ उपचार केन्द्रमा उपचाररत पोखरा १४ की ६७ वर्षीया महिलाको शुक्रबार बिहान २ बजे मृत्यु भएको हो ।

ती महिला कार्तिक २१ गते अस्पताल भर्ना भएकी थिइन् ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११५ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: