
पोखरा । पोखराका ६१ सहित गण्डकी प्रदेशमा थप ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार दिउँसो प्रदेशको कास्की सहित ६ वटा जिल्लाका ८१ जनामा कोरोना संक्रमण देखिएको हो ।
संक्रमण पुष्टि हुनेमा कास्कीका ६१ जना सहित गोरखाका ६ जना, लमजुङका ५ जना, स्याङ्जाका ४ जना, तनहुँका ३ जना र पर्वतका २ जना रहेका छन् ।
कास्कीमा थपिएका संक्रमित सबै पोखरा महानगरपालिकाका हुन् ।
कास्कीको पोखरा महानगरपालिका वडा नं.१ का १९ र ४८ वर्षीय पुरुष तथा ४५, ३२ र २२ वर्षीया महिला, वडा नं.२ का ३६ वर्षीय पुरुष, वडा नं.३ का २४, ८३, ६४ र २१ वर्षीय पुरुष तथा ३२ वर्षीया महिला, वडा नं.४ की ४३ वर्षीया महिला, वडा नं.५ की ४५ वर्षीया महिला, वडा नं.७ का ३०, २९ र ४५ वर्षीय पुरुष, वडा नं.८ का ६५, ३२, ३९ र ५३ वर्षीय पुरुष, वडा नं.९ का ६४, ६३, ६० र ३९ वर्षीय पुरुष तथा २३ वर्षीया महिला, वडा नं.१० का ५०, ३३ र ५५ वर्षीय पुरुष तथा ३३ वर्षीया महिला, वडा नं.१२ का ५८ र ४८ वर्षीय पुरुष, वडा नं.१३ का ६०, ६९ र ३६ वर्षीय पुरुष तथा ५७ वर्षीया महिला, वडा नं.१४ का ४३ र ५३ वर्षीय पुरुष तथा ६५ वर्षीया महिला, वडा नं.१५ का ६७, ४९ र ६२ वर्षीय पुरुष तथा ४८ वर्षीया महिला, वडा नं.१६ का ४७ र ४० वर्षीय पुरुष तथा ५९ वर्षीया महिला, वडा नं.१७ का ३३, २९, ५९, ५५ र ३९ वर्षीया महिला तथा २७ वर्षीय पुरुष, वडा नं.१८ का ४४ वर्षीय पुरुष, वडा नं.२२ का २७ वर्षीय पुरुष, वडा नं.२६ का ३७ वर्षीय पुरुष, वडा नं.२७ का ४७ वर्षीय पुरुष तथा ५१ वर्षीया महिला, वडा नं.२९ का २४ वर्षीय पुरुष, वडा नखुलेका ७४ र ४१ वर्षीया महिला रहेका छन् ।
यस्तै लमजुङको मस्र्याङ्दी वडा नं.९ का ५६ र ३२ वर्षीया महिला, मध्यनेपाल वडा नं.८ का २६ वर्षीय पुरुष, सुन्दरबजारका ४५ वर्षीय पुरुष तथा २१ वर्षीया महिला, पर्वतको कुश्मा वडा नं.१ का ३३ र ३० वर्षीय पुरुष, स्याङ्जाको वालिङ वडा नं.८ का ५० वर्षीय पुरुष, वडा नखुलेका ५० र २८ वर्षीय पुरुष तथा ३९ वर्षीया महिला, तनहुँको शुक्लागण्डकी वडा नं.४ की ५० वर्षीया महिला, व्यास वडा नं.४ का ३९ वर्षीय पुरुष, वडा नं. १ का ८३ वर्षीय पुरुष, गोरखाको शहिद लखन गाउँपालिकाका २९ वर्षीय पुरुष, पालुङटारका ४७, ६३, ४१ र १५ वर्षीय पुरुष तथा ३४ वर्षीया महिला रहेका छन् ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १० हजार २८५ पुगेको छ ।
