कोरोनाः नेपालमा थप १९४६ जनामा संक्रमण, २५०३ संक्रमणमुक्त, १३ संक्रमितको मृत्यु

Share:

काठमाडौँ । नेपालमा थप १९४६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८१६ महिला र ११३० पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै कुल संक्रमितको संख्या २ लाख ८ हजार २९९ पुगेको छ ।

२४ घण्टामा सबैभन्दा धेरै काठमाडौँका ६४२ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै कास्कीका २०८ जना, झापाका १२१ जना, ललितपुरका १०५ जना, भक्तपुरका ८८ जना, रुपन्देहीका ८२ जना, गोरखाका ६४ जना, काभ्रेका ५९ जना, मोरङ र कैलालीका ५२/५२ जना, तनहुँका ४३ जना, सुनसरीका ३५ जना, बाँकेका ३४ जना, डडेलधुराका १८ जना, बर्दियाका १५ जना, पर्वत र नवलपरासीका २४र२४ जना, मकवानपुरका २३ जना, कपिलवस्तुका २१ जना, बाग्लुङ र पाल्पाका १९/१९ जना, सिन्धुपाल्चोक र बर्दियाका १५/१५ जना, धादिङका १४ जना, चितवन, दोलखा र नवलपुरका १२/१२ जना, म्याग्दी र लमजुङका १०/१० जनामा कोरोना संक्रमण देखिएको छ ।

बारा, स्याङ्जा, दाङ र कञ्चनपुरका ९/९ जना, धनुषा र डोटीका ८/८ जना, पर्सा र महोत्तरीका ७/७ जना, उदयपुरका ६ जना, इलाम र सिन्धुलीका ४/४ जना, सोलुखुम्बु, सिराहा, नुवाकोट, गुल्मी र बैतडीका ३/३ जना, भोजपुर, रोल्पा र अछामका २/२ जना तथा ओखलढुंगा, खोटाङ, ताप्लेजुङ, तेह्रथुम, रौतहट, सर्लाही, रामेछाप, दैलेख, सल्यान र दार्चुलाका १/१ जनामा संक्रमण पुष्टि भएको छ ।

हालसम्म १ लाख ७० हजार ६३२ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा २५०३ संक्रमणमुक्त भएका हुन् ।

पछिल्लो २४ घण्टामा १३ कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२१५ पुगेको छ ।

हाल देशभर ३६ हजार ४५२ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये २७ हजार ७२० होम आइसोलेसनमा छन् भने ३७६ जनाको आईसीयू र ७४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । हाल क्वारेन्टीनमा १०५७ रहेका छन् ।

पछिल्लो २४ घण्टामा ८७५३ परिक्षण भएको र हालसम्म १६ लाख २ हजार ६०३ परिक्षण भएको मन्त्रालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: