शानिबार कास्कीका १४८ सहित गण्डकीमा थप २१० जनामा कोरोना पुष्टि, ६१ संक्रमणमुक्त

Share:

पोखरा । शनिबार कास्कीका १४८ सहित गण्डकी प्रदेशमा थप २१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शनिबार दिउँसो प्रदेशको कास्की सहित ८ वटा जिल्लाका २१० जनामा कोरोना संक्रमण देखिएको हो ।

संक्रमण पुष्टि हुनेमा कास्कीका १४८ जना सहित पर्वतका १८ जना, तनहुँका १४ जना, म्याग्दीका १० जना, गोरखाका ६ जना, लमजुङ र स्याङ्जाका ५/५ जना, तथा बाग्लुङका ४ जना रहेका छन् ।

कास्कीमा थपिएका संक्रमित मध्य पोखरा महानगरपालिकाका मात्रै १४४ जना छन् भने अन्नपूर्ण गाउँपालिकाका ३ जना र मादी गाउँपालिकाका १ जना रहेका छन् ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १० हजार २८५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशमा ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

निर्देशनालयका अनुसार कास्कीको पोखरा महानगरपालिकाका मात्रै ४ जना संक्रमितको मृत्यु भएको हो भने स्याङ्जाका एक जना संक्रमितको मृत्यु भएको हो ।

यससँगै गण्डकी प्रदेशमा कोरोनाले मृत्यु हुनेको संख्या १२३ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ६१ जना संक्रमणमुक्त भएका छन् । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ हजार ६० पुगेको छ ।

हाल प्रदेशमा ५ हजार १०२ सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा गण्डकीमा १२७९ परिक्षण भएको छ । हालसम्म १ लाख ५०८ परिक्षण भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: