
पोखरा । आज यमपञ्चको तेस्रो दिन आज लक्ष्मी पूजा र कुकुर तिहार एकै दिन परेको छ । सोही अवसरमा गण्डकी प्रदेश प्रहरी कार्यालयमा कुकुरको पूजा गरिएको छ ।
नेपाल प्रहरीको अनुसन्धान प्रक्रियामा थप सहजता प्रदान गर्दै अपराध अनुसन्धानको सारथीका रुपमा रहेका नेपाल प्रहरीका तालिम प्राप्त कुकुरहरुको शनिबार (आज) विधिवत पूजा गरिएको हो ।
गण्डकी प्रदेश प्रहरी कार्यालय अन्तर्गत रहेको कुकुर शाखामा रहेका कुकुरहरुको पनि आज एक कार्यक्रमका बिच पुजा गरि कुकुरहरुलाई मिठा मिठा परिकारहरु समेत खुवाइएको छ । सशस्त्र प्रहरी गुल्म गण्डकीका प्रमुख प्रहरी निरीक्षक चन्द्रा गुरुङ र उक्त कुकुर शाखाका ईन्चार्ज प्रहरी नायव निरीक्षक विक्रम कुमार थापाले कुकुरहरुलाई माला पहिराई पूजा गरि मिठा खाने कुराहरु प्रदान गरेका थिए ।

