मौसमः केहि स्थानमा बदली र वर्षा, उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना

Share:

पोखरा । देशका केही स्थानमा आइतबार आंशिक देखि सामान्य बदली रहीने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज देशका केहि स्थानमा हल्का देखि मध्यम बर्षाको सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भेगका केहि स्थानमा हिमपात हुने सम्भावना समेत रहेको छ ।

हाल नेपालको पश्चिमी भू–भागमा पश्चिमी वायुको प्रभाव रहेकाले केही स्थानमा आंशिक देखि सामान्य बदली रहने र बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् ।

अहिले देशको कर्णाली र सुदूरपश्चिम प्रदेशका भु–भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ ।

आइतबार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकी प्रदेशका पहाडी भु–भागमा आंशिक बदली रही अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ ।

राति सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली तथा बाँकि प्रदेशका पहाडी भु–भागमा आंशिक बदली रहनेछ ।

सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केहि स्थानमा मेघ गर्जन र चट्टयाङ सहित हल्का देखि मध्यम बर्षाको सम्भावना छ । साथै, सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: