
काठमाडौँ । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ५ करोड ४८ लाख नाघेको छ ।
वर्ल्डोमिटर्सको पछिल्लो तथ्याङ्क अनुसार विश्वमा संक्रमितको संख्या ५ करोड ४८ लाख १० हजार ३१६ पुगेको छ ।
यस्तै कोरोना भाइरसका कारण अहिलेसम्म विश्वमा १३ लाख २४ हजार ३२० जनाको मृत्यु भएको छ ।
हालसम्म विश्वभर ३ करोड ८१ लाख ३६ हजार ८६ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
कमेन्ट गर्नुहोस्
