
काठमाडौँ । छिमेकी देश भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ३० हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा ४३५ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ३० हजार १०९ पुगेको छ ।
यस्तै भारतमा हालसम्म कोरोना संक्रमितको संख्या ८८ लाख ४५ हजार ६१७ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ३० हजार ७१५ जनामा संक्रमण पुष्टि भएको हो । २४ घण्टामा संक्रमण पुष्टि हुने यो संख्या जुलाई १५ यताकै सबैभन्दा कम हो ।
भारतमा हालसम्म ८२ लाख ४७ हजार ९५० जना संक्रमण मुक्त भएका छन् ।
कमेन्ट गर्नुहोस्
