नेपालमा थप ११९७ जनामा कोरोना पुष्टि, २९४३ संक्रमणमुक्त

Share:

काठमाडौँ । नेपालमा थप ११९७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ४६२ जना महिला र ७३५ जना पुरुष गरी ११९७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख १० हनार ९७३ पुगेको छ ।

उनीहरुमध्ये १२३० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै ९ जनाको मृत्यु भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा २९४३ जना क्रमणमुक्त भएका छन् । यससँगै क्रमणमुक्त हुनेको संख्या १ लाख ७६ हजार ३६४ पुगेको छ । यो कुल संक्रमितको ८३.६ प्रतिशत हो ।

हाल देशभर ३३ हजार ३७९ सक्रिय संक्रमित रहेका छन् । क्वारेन्टीनमा रहनेको संख्या १०१३ रहेका छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ४ हजार ८३२ नमुना परीक्षण भएको र हालसम्म १६ लाख १३ हजार ९११ परिक्षण भएको मन्त्रालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: