बाग्लुङमा जुवातास खेलिरहेका ८ जना ८५ हजार नगदसहित पक्राउ

Share:

बाग्लुङ । बाग्लुङमा जुवातास खेलिरहेको अवस्थामा ८ जना नगद सहित पक्राउ परेका छन् ।

जिल्लाको बाग्लुङ नगरपालिका वडा नं. ६ धारापानी बस्ने ईश्वर केसीको घरमा जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरीको टोलीले नगद ८५ हजार सहित उनीहरुलाई सोमबार बिहानै अन्दाजी ५ः४५ बजे पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा बागलुङ नगरपालिका ६ धारापानी बस्ने वर्ष २० का ईश्वर केसी, सोही स्थान बस्ने वर्ष २२ का दिपेश सापकोटा, वर्ष ४२ का कुल बहादुर केसी, वर्ष ४० का राजेन्द्र सापकोटा, वर्ष २९ का दिपक सापकोटा, वर्ष ३० का मन बहादुर केसी, वर्ष २५ का रामकृष्ण सापकोटा र वर्ष २३ का सागर केसी रहेका छन् ।

पक्राउ परेका उनीहरु विरुद्ध आवश्यक अनुसन्धन भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: