भारतमा कोरोना संक्रमितको संख्या ८८ लाख ७३ हजार नाघ्यो

Share:

काठमाडौँ । छिमेकी देश भारतमा कोरोना संक्रमितको संख्या ८८ लाख ७३ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप २८ हजार ३७७ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ८८ लाख ७३ हजार ९९४ पुगेको छ ।

भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ३० हजार ५५२ पुगेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा थप ४४३ कोरोना संक्रमितको मृत्यु भएको हो ।

भारतमा अहिलेसम्म ८२ लाख ८७ हजार ९३० जना संक्रमणमुक्त भएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: