
स्याङ्जा । अरिङ्गालको टोकाइबाट स्याङ्जामा एक बालिकाको मृत्यु भएको छ ।
अरिङ्गालको टोकाइबाट नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्याङ्जाका अध्यक्ष सूर्यप्रसाद गैह्रे ‘पारस’ की छोरीको सोमबार मृत्यु भएको हो ।
तिहारको दिन पुतलीबजार नगरपालिका वडा १४, लामागेमा अरिंगालले टोक्दा गम्भीर घाइते भएकी १३ वर्षीया अतिथि गैह्रेको पोखरामा उपचारक्रममा साँझ मृत्यु भएको हो ।
तिहारमा भाइटीका लगाउन तल्लो घरमा जानेक्रममा नजिकैको रुखमा रहेको अरिङ्गालले उनीसहित अर्की बालिकालाई टोकेको थियो । अर्की बालिकाको अवस्था भने सामान्य रहेको प्रहरीले बताएको छ ।
रुखका अरिंगालले उनीसहित अर्की बालिकालाई टोकेको थियो ।
नेकपा स्याङ्जा अध्यक्ष पारसको परिवारमा श्रीमती र एक छोरा छन् ।
अतिथिको मंगलबार पोखराको सेती नदीमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।
