कोरोनाः नेपालमा थप ५०२ जनामा संक्रमण, २८७८ संक्रमणमुक्त, १७ को मृत्यु

Share:

काठमाडौँ । नेपालमा थप ५०२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २०४ जना महिला र २९८ जना पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै कुल संक्रमितको संख्या २ लाख ११ हजार ४७५ पुगेको छ ।

२४ घण्टामा काठमाडौँ उपत्यकाका ३३९ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २ हजार ८७८ जना संक्रमणमुक्त भएका छन् । यससँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या १ लाख ७९ हजार २४२ पुगेको छ ।

हालसम्म नेपालमा १२४७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै १७ जना संक्रमितको मृत्यु भएको हो ।

हाल देशभर ३० हजार ९८६ सक्रिय संक्रमित छन् । ३८ जना भेन्टिलेटरमा र ३ सय १८ जना संक्रमित आइसियूमा उपचाररत रहेका छन्। हाल १००३ जना क्वारेन्टीन रहेका छन् ।

पछिल्लो २४ घण्टामा मात्र ३ हजार ११२ परिक्षण भएको र हालसम्म १६ लाख १७ हजार २३ परिक्षण भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: