राष्ट्रपतिलाई भेट्न प्रचण्ड पुगे शितल निवास

Share:

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का विवाद चर्किरहेका बेला कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन्।

यसअघि मंगलबार प्रचण्डलाई भेट्न नेकपा महासचिव विष्णु पौडेल खुमलटार पुगेका थिए ।

नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि बुधबारका लागि बोलाइएको सचिवालय बैठक सार्न चाहेका छन् । तर कार्यकारी अध्यक्ष प्रचण्डले बैठक सार्ने भएपनि सचिवालय बैठकले मात्र सार्न सक्ने बताएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: