
पोखरा । गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार बिहान प्रदेशका ४ जिल्लाका ११ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको हो ।
संक्रमण पुष्टि हुनेमा कास्कीका ४ जना, स्याङ्जा र म्याग्दीका ३/३ जना तथा तनहुँका १ जना रहेका छन् ।
कास्कीको पोखरा महानगरपालिका वडा नं. १७ की ४९ वर्षीया महिला, वडा नं.२५ की २५ वर्षीया महिला तथा वडा नखुलेका ३४ वर्षीय पुरुष र २८ वर्षीया महिला रहेका छन् ।
यस्तै, स्याङ्जाको आधिखोला गाउँपालिकाका ३७ वर्षीय पुरुष तथा ६४ र ६८ वर्षीया महिला, म्याग्दीको बेनी वडा नं. ८ का ४९ वर्षीय पुरुष तथा २६ र ३७ वर्षीया महिला, तनहुँको पालिका नखुलेको ८० वर्षीय पुरुष रहेका छन् ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १० हजार ५०८ पुगेको छ ।
